तुइनबाट खसेर मृत्यु

हेटौंडा, १८ भदौ । मकवानपुर मन्थली–७ का ४० वर्षीय गोविन्द ढुंगानाको तुइनबाट खसेर मृत्यु भएको छ । मन्थलीबाट ललितपुरको आस्राङ जाने क्रममा वाग्मती खोलामा रहेको तुइन तर्ने क्रममा खसेरका ढुंगानालाई नदीले बगाएको हो । उनको शव आस्राङ–३ स्थित वाग्मती किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, आमभञ्ज्याङ–२ का ३६ वर्षीय देवानसिंह दोङ र उनकी पत्नी बुद्धिङ गोठालो जाने क्रममा भिरबाट लडेर घाइते भएका छन् । गम्भीर अवस्थाका दुवैलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि भरतपुर पठाइएको छ ।

प्रतिक्रिया