पेट्रोल पम्प सञ्चालकको घरमा लुटपाट

मोरङ, १७ भदौ । विराटनगरमा अज्ञात समूहले पेट्रोल पम्प सञ्चालक हितेन्द्र कुमार अग्रवालको घरमा लुटपाट गरेको छ ।
गएराति बिराटनगर उपमहानगरपालिका–६ बस्ने रामजानकी पेट्रोल पम्पका संचालक अग्रवालको घरबाट नगदलगायत करिव ७ लाख बराबरको धनमाल लुटपाट भएको प्रहरीले जनाएको छ ।
४ जनाको समूहमा आएका नकावधारीले कटुवा पेस्तोल देखाई अग्रवालसँग रहेको नगद ५ लाख रुपियाँ, ल्यापटप २ थान, मोवाइल ४ थान तथा सुनका गहनाहरु लुटपाट गरेका थिए । फरार लुटेराको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया