खाद्य गोदाममा आगलागी

बैतडी, १७ भदौ । बैतडी जिल्लास्थित खाद्य गोदाममा आगलागी हुँदा दस लाख बराबरको क्षति भएको छ ।
दशरथचन्द नगरपालिका–१ स्थित कृष्ण लेखको घरमा रहेको स्थानीय यज्ञराज बोगटीले संचालन गरेको खाद्य गोदाममा आज विहान १ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागीबाट करीव १० लाख रुपियाँ बराबरको धनमाल जलेर क्षती भएको थियो ।
स्थानीय बासिन्दको सहयोगमा प्रहरीले आगो केही समय पछि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया