राजधानीका क्याम्पस अगाडि चक्का जाम

काठमाडौं, १७ भदौं । नेपाल विद्यार्थी संघले आफ्ना विद्यार्थी नेतालाई कुटपिट गरेर घाईते बनाउने दोषीलाई कारबाहीको माग गरेर आज राजधानीमा आधा घण्टा चक्का जाम गरेको छ ।
राजधानीका विभिन्न क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनले दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एमाओवादी निकट अखिल क्रान्तिकारीका समर्थकले आयुर्वेद क्याम्पस कीर्तिपुरका आफ्ना विद्यार्थी नेता सुदर्शन पोखरेल र शंकर गौतमलाई आक्रमण गरेको नेविसंले जनाएको छ ।
आक्रमणमा संलग्न दोषी विरुद्ध प्रहरीमा जाहेरी दिदा समेत कारबाहीका लागि उदाशिनता देखाएको भन्दै नेविसंघले दबावका लागि आधा घण्टा चक्का जाम गरेको जनाएको छ ।
अखिल क्रान्तिकारीका विद्यार्थीले नेविसंघका पोखरेल र गौतमलाई भदौ–१३ गते राति आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

प्रतिक्रिया