“प्रमोसन”का लागि जुट्दै

‘ट्वाइलाइ’ फिल्मबाट हलिउडमा जमेको रोबर्ट पेटिन्सन र क्रिस्टिन स्टेवार्टको जोडी यसको सिक्वेल ‘ब्रेकिङ डन : पार्ट २’ सम्म आइपुग्दा छिन्नभिन्न भयो । क्रिस्टिनले रोबर्टलाई धोका दिएकाले उनीहरूबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ ।
उनीहरूबीचको कटुताले फिल्मको प्रमोसनलाई प्रभावित गरेपछि फिल्म वितरक समूह उनीहरूलाई मिलाउन खोजिरहेको छ ।
क्रिस्टिनले रोबर्टलाई धोका दिएको घटना धेरैलाई जँचेको छैन । यसले फिल्मको व्यापारलाई नै असर पुर्‍याउन के बेर ? त्यसैले फिल्म वितरक समूहले उनीहरूबीचमा मेल गराउने प्रयास गरिरहेको हो । तीन वर्ष लामो सम्बन्ध क्रिस्टिनका कारण तोडिएपछि दुवै अहिले एकअर्काको सम्पर्कमा छैनन् । (एजेन्सी)

प्रतिक्रिया