सञ्चिता अस्पताल भर्ना

काठमाडौं : सुत्केरी नायिका सञ्चिता लुइँटेल अस्पताल भर्ना भएकी छन् । गत भदौ ४ गते दोस्रो सन्तान छोरी जन्माएकी सञ्चिता अत्यधिक रक्तस्राव भएपछि मंगलबार साँझ नर्भिक अस्पताल भर्ना भएकी हुन् । ‘डेलिभरी’ गराएर घर ल्याएदेखि नै रक्तस्राव हुन थालेको र नौ दिनसम्म पनि नरोकिएपछि फेरि अस्पताल पुर्‍याइएको उनकी बहिनी शिवानीले जानकारी दिइन् ।
‘अलिअलि हुँदै रक्तस्राव झन् बढ्दै गयो,’ उनले भनिन्, ‘बच्चीको अवस्था भने सामान्य नै छ ।’ सञ्चितालाई सिजरियन (अप्रेसन) बाट प्रसूति गराइएको थियो । सो क्रममा केही कमजोरीका कारण कुनै चिकित्सकीय सामान पेटभित्र अड्किएको हुनसक्ने आशंका परिवारले गरेको छ । (सौस)

प्रतिक्रिया