पेनकिलर सुई र सिटामोलबाट दुईको मृत्यु

काठमाडौं, १३ भदौं । सर्लाही र ललितपुरमा पेनकिलर सई र पारासिटामोल सेवनका कारण दुई जनाको मृत्यु भएको छ ।
सर्लाहीको नेत्रगंज–७ स्थित श्रीराम औषधालय क्लिनिकमा रानीगंज–६ बस्ने ६० बर्षीय राजेन्द्र उप्रेतीलाई आज पेनकिलरको सई लगाउँदा मृत्यु भएको हो ।
विहान ९ बजे पिलोको उपचार गर्न आएका उनलाई ‘डाइलोना’ नामक दुखाई कम गर्ने पेनकिलर सुई लगाए पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
पेनकिलर सई लगाए पछि उप्रेतीलाई झन् दुखाई अचानक बढेपछि थप उपचारका लागि मोडल अस्पतालतर्फ लैजाने क्रममै मृत्यु भएको थियो ।
यता, ललितपुरको पाटन अस्पतालमा सिन्धुपाल्चोक जिल्ला ठोकर्पा–२ बस्ने ३८ वर्षीय नारायण भण्डारीको पारासिटामोल सेवनबाट मृत्यु भएको छ ।
उनले मानसिक तनावका कारण आज विहान साढे दुई बजे पारासिटामोल सेवन गरेका थिए ।
१५ पिस पारासिटामोल खाएर असक्त उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उपचारकै क्रममा भण्डारीको आज वहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया