आठ तस्कर पक्राउ

दाङ : प्रहरीले तस्करीको काठ बिक्री गर्न लागेको अवस्थामा काठसहित आठजनालाई पक्राउ गरेको छ । सोमबार राति ठूलो परिमाणमा सालको काठ बेच्नका लागि बजार लैजाँदै गरेको अवस्थामा जिल्ला वन कार्यालयको गस्ती टोलीले काठ ल्याइएको जिपसहित आठलाई पक्राउ गरेको हो । गस्ती टोलीले जिपचालक सल्यानका विनोद बुढाथोकी, दाङ धनौरी–९ ढोडेनीका कृष्ण चौधरी, नवीन चौधरी, मोहन चौधरी र मणिराम चौधरी, पञ्चकुले–३ कटकुइयाका ललित रोकाय र सुशील खड्का एवं पञ्चकुले–३ सुनपुरका केशव वलीलाई पक्राउ गरेको हो । घोराही—सुर्खेत सडकखण्डअन्तर्गत तुल्सीपुरको दुधेनाबाट वनगस्ती टोलीले ७३ क्युबी फिट सालका काठसहित रा १ ज १९२ नम्बरको जिप नियन्त्रणमा लिएको हो । घटनाको प्रारम्भिक अनुसन्धानअनुसार काठ तस्करीमा संलग्नले पुरन्धाराका केही उपभोक्ताबाट खरिद गरी बजारमा बेच्न ल्याएको काठ हुन सक्ने वन कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया