जाजरकोटमा अज्ञात रोगले विद्यार्थी बेहोस

जाजरकोट, १२ भदौं । अज्ञात रोगलले जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयका विद्यार्थीमा बेहोस हुने रोग लागे पछि पठन–पाठनमै समस्या भएको छ ।
सीता माद्यामिक विद्यालय नायकबाडा–८, कार्कीजिउलाका विद्यार्थीमा अज्ञात रोग देखा परेको हो । उनीहरु अचानक वेहोस भएर ढल्ने गरेका छन् ।
अज्ञात रोगका कारण बेहोस हुनेमा कक्षा दुईमा अध्ययनरत पुजा नेपाली, मायादेवी चलाउने, कक्षा सातका झलक बिक र कक्षा १० की लक्ष्मी कार्की रहेका छन् ।
केही दिन अगाडिबाटै विद्यार्थी बेहोस हुने समस्या देखिए पनि त्यसको कारण भन्ने अझै पत्ता नलागेको विद्यालयका शिक्षक दीपेन्द्र शाहले बताए ।
विद्यार्थीलाई टाउको दुख्ने, रिङगाटा लाग्ने, हात दुख्ने, कान दुख्ने जस्ता लक्षण देखा पर्ने र अन्नतः बेहोस हुने गरेको शाहले बताए ।
विद्यार्थीमा देखा परेको यस्तो समस्याले विद्यालयको पठन–पाठनमा समेत प्रभाव पारेको ।

प्रतिक्रिया