देउवा आज राति अफ्रिका जाँदै

काठमाडौं, ११ भदौं । कांग्रेस नेता शेरबहादुर देउवा सोसलिष्ट इन्टरनेशनलको सम्मेलनमा भाग लिन आज राति दक्षिण अफ्रिका जाँदै छन् ।
सोसलिष्ट इन्टरनेशनलको दक्षिण एशियाका उपाध्यक्ष समेत रहेका देउवा राति ११ बजे कतार एयरवेजको उडानबाट त्यस तर्फ प्रस्थान गर्ने छन् ।
उनीले भदौ–१४ देखि १६ गते सम्म केपटाउनमा हुने सो सम्मेलनमा सहभागिता जनाउने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया