रंग‍-विविध

प्रेमी होइन, साथी : सुष्मा

सौर्य अनलाइन २०६९ भदौ ११ गते ०:४४ मा प्रकाशित

काठमाडौं : नायिका सुष्मा कार्की चर्चामा चाहिँ आइरहन्छिन् । कहिले आफ्नो वक्षस्थलछेवैको टाटुका कारण त कहिले उध्रेको चोली गीतमा गरेको उत्तेजक नृत्यका कारण । चलिरहेको बिन्दास चलचित्रको पोस्टरमा टाटु देखाएको उत्तेजक तस्बिरसँगै उनको चर्चा बढाउने अर्को सन्सनी पनि फैलिएको छ बजारमा । सुनिन्छ– उनी फेरि प्रेममा परेकी छन् † एक समय निर्देशक सुदर्शन थापासँग चक्कर चलाइरहेकी सुष्मा हिजोआज अर्का एक नयाँ युवकसँग निकै झ्याम्मिएकी देखिन्छिन् । प्राय: जहाँ जाँदा पनि यी दुई सँगै हुन्छन् । त्यही अधिक निकटता देखेर मानिसहरू ती युवक सुष्माका प्रेमी हुनसक्ने अड्कल लगाइरहेका छन् ।
ती युवक हुन्, अनुप्रस्थ ब्यान्डका लिड भोकलिस्ट तथा गितारिस्ट नरेन शाही । प्राय: कार्यक्रममा नरेन र सुष्मा साथै देखिन्छन् । गत शनिबार अभिनेत्री तथा निर्मात्री मौसमी मल्लले आयोजना गरेको तिज विशेष कार्यक्रममा पनि यो जोडी सँगै थियो । नरेनले सुष्मालाई बाइकमा राखेर कार्यक्रममा ल्याए अनि कार्यक्रम नसकिउन्जेल सुष्मालाई कुरिरहे ।
सुष्मा भने नरेन आफ्नो प्रेमी नभएको बताउँछिन् । ‘उनी त मेरा पुराना साथी हुन्, त्यस्तो प्रेमप्रसंग केही छैन, शंकै नगर्नुस्,’ उनले भनिन्, ‘प्रेमी भएको भए किन लुकाउँथेँ र ?’ कहिलदेखिको र कस्तो साथी भन्ने कुरा भने सुष्माले खुलाउन चाहिनन्, बरु फोनै काटिन् । सुष्माले अस्वीकार गरे पनि नरेन उनका प्रेमी नै भएको र दुवैले यस वर्ष बिहे गर्ने योजनासमेत बनाएको चर्चा चलचित्रवृत्तमा चुलिएको छ । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय