काठमाडौं, १० भदौं । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सदस्य तथा पत्रकार गणेश पाण्डेलाई ज्यान मार्ने धम्की आएको भन्दै भौतिक सुरक्षाको माग गरेको छ ।
दोरम्बा घटना बारेमा नेपाल समाचार पत्रमा प्रकाशित लेखलाई लिएर पत्रकार पाण्डेलाई ज्ञानभी गुरुङ नाम गरेका व्यक्तिले इमेल मार्फत् पटक पटक ज्यान मार्ने धम्की दिएको चौतारीका सचिव लक्की चौधरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
लेखलाई आधार बनाई ज्यान मार्ने धम्की दिइनु अति निन्दनीय र प्रेस स्वतन्त्रताको सिधै खिलापमा भएको विज्ञप्तिमा उल्लेख छ ।
कसैलाई लेख र विचारप्रति चित्त नबुझे त्यसको उपचार गर्ने माध्यम कानूनी बाटोहरु छँदाछँदै ज्यान मार्ने धम्की दिइनु आफैमा खेदपूर्ण रहेको चौतारीले जनाएको छ ।
प्रतिक्रिया