राष्ट्रपति मन्दिरका मुर्ति मात्रैः विष्ट

रुकुम, १० भदौ । एकीकृत माओवादीका नेता लोकेन्द्र विष्ट मगरले राष्ट्रपति मन्दिरको पुजारी जस्तै रहेको वताउँदै सरकारको सिफारिस विनाकुनै पनि निर्णय गर्न नसक्ने बताएका छन् ।
क्रन्तिकारी पत्रकार संघले आज रुकुममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिले अध्यादेश अस्वीकृत गरेर द्वन्द्व सृजना गरेको बताए । ‘राष्ट्रपतिको पद कार्यकारी होइन,’ उनले भने, ‘संविधान विपरित राजा ज्ञानेन्द्र शाहको जस्तो क्रियाकलाप उनले गर्नु हुँदैन ।’
नेकपा–माओवादीलाई ड्यास माओवादी भनेर टिप्पणी गरेका विष्टले एमाओवादीलाई लागेको ‘क्यास एमाओवादी’को आरोप झूठ रहेको दाबी गरे ।

प्रतिक्रिया