डुङ्गा दुर्घटनामा मृत्यु हुनेका संख्या चार पुग्यो

रौतहट, १० भदौं । रौतहटको गम्हरीया घाटको बागमती नदीमा शनिबार डुङ्गा पल्टीदा हराइरहेका मध्ये एक बालिकाको शव आज बिहान फेला परेको छ । बालिकाको शवसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
आज बिहान दुर्घटनास्थलबाट ५ किलोमिटर दक्षिण पकहाघाटमा १३ वर्षीया बालिका प्रतिमा पटेलको शव हिलोमा गाडीएको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक बालिका लक्ष्मीपुर टोल ८ निवासी हरि पटेलकी छोरी हुन् ।
सर्लाहीको मानपुर घाटबाट यात्रु बोकेर रौतहटको लक्ष्मीपुर घाट तर्फ आउँदै गरेको डुङ्गा अचानक शनिबार दिउँसो १ बजेको समयमा डुबेको थियो ।
डुङ्गामा यात्रुसँगै घाँसको भारी र सवारी साधन पनि राखिएकाले अत्याधिक भार थेग्न नसकी दुर्घटना भएको पौडीएर ज्यान बचाउँन सफल जमिरुल्लाह कवारीले बताए ।
दुर्घटनामा परी मृत्यु भएका गम्हरिया पसा–६, लक्ष्मिपुरका चाँद महमदका २० बर्षीया छोरी रजीया खातुन, २५ बर्षीया निसरथ खातुन, वडा नम्वर ७ का साहिव अन्सारीका १३ बर्षीया छोरी अप्साना खातुनको शव शनिबारनै फेला परेको थियो ।
दुर्घटनामा नेहरुन नेशा, हसरत अन्सारी, ऐसा खातुन, सखिना खातुन, सुखनाज खातुन, आशा कुमारीलगायत करिव ११ जना व्यक्ति अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया