चिहानबाट निकालेर शृंगारपटार

बाली : मृतकलाई शृंगारपटार गरिएको सुन्दा धेरैलाई भूतप्रेतको कथा अथवा तिलस्मी किस्साको सम्झना आउला † वास्ताविकतामै यस्तो अजीव घटना हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, इन्डोनेसियामा सयौँ वर्षदेखि यस्तो अभ्यासले निरन्तरता पाइरहेको छ ।
इन्डोनेसियाको तोरजा जिल्लामा मृत शरीरलाई नकुहिने तरिकाले सामधिस्थ गरिन्छ । प्राचीन इजिप्टमा झैँ मृत शरीरलाई ‘ममी’मा परिणत गरिन्छ । विशेष संस्कृतिक अवसरमा समाधिस्थ ममीलाई बाहिर निकालिन्छ र शृंगारपटार गरेर गाउँ घुमाइन्छ ।
इन्डोनेसियाको सुलवेशी प्रान्तमा प्रचलित यस्तो संस्कारलाई ‘मनेन’ भनिन्छ । आफन्तजनले लाशलाई नयाँ लुगा लगाइदिन्छन् र रङरोगन गरी चिरिच्याँट्ट बनाई नगर–गाउँ घुमाउँछन् । मृतक आफन्तको सम्मानमा हरेक तीन वर्षमा यस्तो संस्कार गर्ने गरिन्छ । यस्तो अभ्यासले मृतक जीवित रहेको भावन हुने भएकाले आफन्तजनहरू उत्साह र भावुक मुद्रामा संस्कारमा सहभागी हुने गरेका छन् । ‘संस्कार अनुसरण गर्दा सयौँ वर्षअघि मृत्यु भएका आफन्तजन पनि जीवितै रहेजस्तो लाग्ने गर्छ,’ एक स्थानीयवासीलाई उद्धृत गर्दै डेलिमेलले लेखेको छ । (डेलिमेल)

प्रतिक्रिया