क्रिस्टिनलाई गान्धीको सहारा

भोगी क्रिस्टिन स्टिवार्ड र जोगी महात्मा गान्धीबीच के सम्बन्ध होला ? यो प्रश्न धेरैलाई वाहियात लाग्नसक्छ । तर, क्रिस्टिन स्वयंले भने गान्धी आफ्नो एकमात्र भरोसाको केन्द्र रहेको स्विकार गरेकी छन् । अभिनेता रोबर्ट पेटिंसनसँग ‘ब्रेक–अप’ भएपछि मानसिक रूपमा विक्षुप्त बनेकी उनलाई गान्धीको दर्शनले ढाढस दिने गरेको छ, आफ्ना निकटवर्तीसँग क्रिस्टिनले यस्तै बताउने गरेकी छन् ।
मनको शान्ति र स्वयंलाई खोज्ने उद्देश्यले क्रिस्टिन अहिले गान्धीको आत्मकथा पढिरहेकी छन् । पूर्वप्रेमीलाई धोका पाएको भन्दै सर्वत्र आलोचित भएपछि उनले गान्धीको आत्मकथा पढ्न थालेकी हुन् । पुस्तक अध्ययनले आफूलाई प्रशस्त हौसला प्रदान गरेको उनको कथन छ । (एजेन्सी)

प्रतिक्रिया