दाङमा ट्रक र बस दुर्घटना

दाङ, ७ भदौ । दाङ जिल्लामा बस र ट्रक एक आपसमा ठोक्किदा एघार यात्रु घाईते भएका छन् ।
लक्ष्मीपुर–१ स्थित घोराही–नेपालगंज सडक खण्डमा आज विहान ना.४ ख ४८८३ नम्बरको बस र ना.२ ख ६२१८ नम्बरको ट्रक ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार ११ जना यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाईतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही लगिएको छ ।
बसका चालकलाई ईलाका प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार छन् ।

प्रतिक्रिया