८० घन्टासम्म हात मिलाउने लक्ष्य

काठमाडौं, ६ भदौ । दाङ निवासी दिनेश आचार्य र खोटाङ निवासी वीरेन्द्रकुमार राईले लामो समयसम्म हात मिलाएर नयाँ विश्व रेकर्ड कायम गर्न आजदेखि निरन्तर हात मिलाउन सुरु गरेका छन् ।
‘विश्व मानचित्रमा नेपाल र नेपालीको शानः एकता मेलमिलाप र शान्तिका लागि अभियान’ भन्ने नाराका साथ सुरु गरिएको हात मिलाउने कार्य भदौ ९ गते बेलुकी ६ बजेर ५ मिनेटसम्म निरन्तर जारी रहनेछ ।
यसअघि आचार्य र राईले ४२ घन्टा १२ मिनेट ९ सेकेन्डको विश्व रेकर्ड कायम गरिसकेका छन् ।

प्रतिक्रिया