अध्यक्षको कुटाईबाट प्रअ घाईते

जाजरकोट, ६ भदौ । पुन्मा–३, जाजरकोटमा रहेको निगाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भद्रबहादुर शाहीले एक जना प्रधानाध्यापक कुटपिट गरेर घाईते बनाएका छन् ।
पुन्मा–४, स्थित ज्ञानोदय प्राविका प्रधानाध्यापक मोहन चन्द अध्यक्ष शाहीको कुटपिटबाट घाईते भएका हुन् । समितिको बैठकमा काठ काटेको विषयमा विवाद उत्पन्न भएपछि उनीहरुबीच हात हालाहाल भएको थियो ।
पुन्मा–३, घर भएका प्रधानाध्यापक चन्दले समितिको निर्णय बिना जथाभावी सालका काठ काटेर रोयल्टी दिन कन्जुस्याई गरेको अरोप शाहीले लगाएका छन् ।
काटेका सालका रुखहरु किरा लागेको भन्दै चन्दले कम रोयल्टी दिन खोजे पछि अध्यक्ष शाहीले उनलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । शाहीले भने प्रधानाध्यापक चन्दलाई धकेलेको मात्रै दाबी गरे ।
कुटपिटबाट घाईते प्रधानाध्यापक चन्द रुकुम चौरजहारीस्थित मिशन अस्पतालमा सामान्य उपचार गरेर घर फर्किएका छन् ।

प्रतिक्रिया