सभापति कोइरालालाई कालो झण्डा

इलाम, ६ भदौ । संघीय लिम्बूवान राज्य परिषदका कार्यकर्ताहरुले कांग्रेस सभापति सुशील कोइरालालाई इलाममा कालो झण्डा देखाएका छन् ।
कांग्रेसले आज इलामको चोकबजारमा कार्यक्रम गरिरहेका समयमा लिम्बूवान र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका कार्यकर्ताले कोइरालालाई कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।
कांग्रेस पहिचान सहितको संघीयता विरोधी भएको आरोप लगाउदै उनीहरुले कोइरालालाई कालो झण्डा देखाएका थिए ।
कालो झण्डा देखाउने क्रममा लिम्बूवान र कांग्रेसका कार्यकर्तावीच केही समय तनाव समेत भएको छ । प्रदर्शनकारीको भीडलाई प्रहरीले हस्पक्षेप गरेर हटाएको थियो ।

प्रतिक्रिया