संविधानसभा पुनःस्थापना गर्न माग

काठमाडौ, ५ भदौ । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा पुनःस्थापनाको माग पुनः दोहराएका छन् ।
कांग्रेसले संविधानसभा पुनःस्थापनामा खासै रुचि नदेखाएपनि देउवाले पुनःस्थापनाको माग गर्दै आएका छन् । उनले भने, ‘संविधान जारी गर्न वा अर्को निर्वाचन गर्ने जुनसुकै विकल्पमा जान पनि संविधानसभा पुनःस्थापना गर्नै पर्छ ।’
पार्टी कार्यालय सानेपामा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच संविधानका विवादित विषयमा सहमति जुटाएर संविधानसभा पुनःस्थापना गर्नुको विकल्प नरहेको बताए ।
नेता देउवाले संविधानसभा पुनःस्थापना नगर्ने भए संविधानका विवादित विषयमा सहमति जुटाएर जनमतसंग्रहमा जान पनि प्रस्ताव गरेका छन् । उनले विवादित विषयलाई जनमत संग्रहबाट अनुमोदन गराउनु पर्ने विकल्प राखे ।

प्रतिक्रिया