उपचार सफल नहुँदा बाटोमै मृत्यु

जाजरकोट, ५ भदौ । उपचार सफल नभएपछि पुन्मा–१, जाजरकोटका एक वृद्धको बाटोमै ज्यान गएको छ ।
एक्कासि पेटमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज लगिएका ८१ वर्षीय विरजित चन्दलाई घर ल्याउने क्रममा सोमबार सल्यानको सल्लीबजार नजिकै ज्यान गएको हो ।
शुरुमा उपचारका लागि रुकुमको चौरजहारी अस्पतालमा लगिएका चन्दको त्यहाँ उपचार सम्भव नभएपछि कोहलपूर मेडिकल कलेज बाँके लगिएको थियो ।
कोहलपुरमा सामान्य उपचार गरेर घर फर्कदै गर्दा उनको बाटोमै ज्यान गएको नाती गणेश चन्दले जानकारी दिए ।
मेडिकल कलेजले रोगका बारेमा राम्रोसँग उपचार नगरेको आफन्तले आरोप लगाएका छन् ।
आफन्तलेहरुले कलेजले गम्भीरताका साथ ध्यानदिएर उपचार गरेको भए चन्द बाँच्ने दाबी गरे ।

प्रतिक्रिया