एमाओवादीका समर्थकद्वारा पत्रकारलाई दुव्र्यवहार

वीरगन्ज, ३ भदौ । सत्तारुढ एकीकृत माओवादीका कार्यकर्ताले बाराका पत्रकार विभु अधिकारीलाई दुव्र्यवहार गरेका छन् ।
बाराको सिमरा विमानस्थलमा समाचार संकलनका लागि आज बिहान गएका बेला एमाओवादीका कार्यकर्ताले अधिकारीलाई दुरव्यवहार गरेका हुन् । अधिकारी वारा पत्रकार महासंघका सदस्य पनि हुन् ।
स्थानीय नारायणी एफ.एम. र न्यूज ट्वान्टी फोरका बारा सम्बाददाता अधिकारीलाई समाचार संकलनका क्रममा एमाओवादीका कार्यकर्ताले दुर्ववहार गरेका हुन ।
पत्रकार अधिकारीलाई एमाओवादीका कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै सञ्चार सम्बद्ध विभिन्न संघ संगठनले विरोध समेत गरेका छन् ।

प्रतिक्रिया