शुल्कवृद्धि घटाउनु पर्ने माग

ताप्लेजुङ, ३ भदौ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीले आज शुल्क घटाउन माग गर्दै नारावाजी गरेका छन् ।
उनीहरुले बृद्धि भएको शुल्क घटाउनु पर्ने तथा क्याम्पसको पूर्वाधार धारा, शौचालय तथा खेलमैदानको उचित व्यवस्थापनलगायतका माग राखेर नारावाजी गरेको जनाएका छन् ।
विद्यार्थीले माग पुराउन दबाव दिन क्याम्पस प्रशासन विरुद्ध संघर्ष गर्नुपरेको जनाएका छन् ।

प्रतिक्रिया