गाउँघर र सिमेन्ट जंगलका विम्बहरू


बालमन निरन्तर बगिरहने नदीको कञ्चन पानीजत्तिकै स्वच्छ हुन्छ । तर, क्रमश: पाको हुँदै जाने हाम्रो उमेरले त्यसलाई छेकिदिन्छ । म पहाडी गाउँको सानो थुम्कोमा रहेको सानै घरमा जन्मिएको हुँ । मेरो बाल्यकालका केही अंश तिनै पहाडी गाउँसँग लहरिँदै बितेका हुन् । जब म हुर्कंदै गएँ, पहाडहरू छुट्दै गए र म सिमेन्टको जंगलजस्तो सहरको एउटा सानो घरमा आइपुगेँ । यहाँ मसँग गाउँका सम्झनाहरू छन्, अनि छन् मेरो अगाडि–पछाडि एक अन्त्यहीन दौडमा तेजसँग दौडिरहेका मान्छेहरू । कुनै–कुनै बेला म ती सम्झनाहरू व्यक्त गर्ने शब्दहरू नै पाउँदिन । मलाई सहरका बोझिला शब्दले थिच्छन् । म पहिले मन्दिरजस्तो घरमा बस्थँे, अहिले सौन्दर्य र सांग्रिला गुमाउँदै गएको सहरमा । यसपटकको मेरो लोकेसनमा यही महानगरका अग्ला भवनहरू र तिनमा बन्द बालमनको कथासँग मेरो बाल्यकाल र गाउँको स्कुल, बाटो, खोला र खेलहरूका सम्झनालाई दाँजेर उनेको छु ।
महानगरका बच्चाहरूलाई मेरा पहाडी सम्झनाहरू जादुयी दुनियाँको किस्सा–कहानीजस्तो लाग्न सक्छ । म घरकै कपडाले बुनेको झोला लिएर स्कुल जान्थेँ । मेरो स्कुल पुग्न गढगढाइरहेको खोलामाथि मौन बसेको डरलाग्दो पुल तर्नुपथ्र्यो । मलाई स्कुलले होइन, खोलाको त्यो तेज रफ्तारले आकर्षित गथ्र्यो । बिजुली नभएको गाउँमा स्वेटर बुन्ने रंगीचंगी धागोलाई रूखमा बाँधेर बिजुली बल्छ भन्ने भ्रममा दिन–रात धागो टाँग्न लागिन्थ्यो । दिनभर मड्किनाबारीको काफलको रूखमुनि काफल टोक्दै निदाइन्थ्यो । रूख चढिन्थ्यो । कतिपय साथीले रूखमुनि निदाएका साथीको टाउकामा पिसाब फेरिदिएपछिको झगडा परिवारसम्म पुग्थ्यो । अघिल्लो दिन एकले अर्कालाई मारुँलाझैँ गरी भैँसी आहाल बस्ने पोखरीको धमिलो पानीमा फाइट गरेका साथीहरू भोलिपल्ट यसरी जोडिएर हिँड्थे कि, मानौँ गाउँमा अघिल्लो दिन केही भएकै थिएन । भर्खरै बग्दै गरेको रगत मत्थर गर्न आफ्नै थुक लाउनु, घ्याम्पोमा चढेर भित्ताको बाबाको तस्बिर झिक्न खोज्दा किला फुस्किनु, फोटो भुइँमा खस्नु, सिसा फुट्नु, मनमा अनौठो भयको लहर दौडनु अनि साँझ बाबाको कुटाइको सामना गर्नु †
यी सब कुराको अनुभव सहरका बच्चाले गर्नै पाउँदैनन् । उनीहरू यसलाई एउटा रोमाञ्चक कथा भन्ठान्छन् । मेरो घरबाट स्कुलको बाटो उकाली–ओराली र खेतका तरेलीहरूबाट ग्रुजिन्थ्यो । बाटोमा हरेकखाले कसरत हुन्थ्यो । पैदलमै त्यो बाटो कतिबेला काटिन्थ्यो, पत्तै हुँदैनथ्यो ।
स्कुल पुग्ने बेला नाघ्नुपर्ने खोलाको किनारा, जहाँ पानी माथिसम्मै आएको हुन्थ्यो, बच्चाहरू त्यही खोलालाई स्विमिङ पुल बनाउँथे । त्यो खोलाले मलाई अहिले झस्काउँछ, त्यस खोलामा पुल बन्नुपहिले जुनबेला साँघु तर्नुपथ्र्यो । मेरा पिताजी जब १० वर्षको हुनुहुन्थ्यो, पुलबाट खस्नुभएछ, बढेको खोलामा पस्ने हिम्मत कसैले गरेनन् । गाउँकै एकजना बुजु्रक ४/५ घन्टापछि खोला पसेछन् र मेरो पिताजीलाई उद्धार गरेछन् । दुई दिनपछि मात्र पिताजीको होस खुलेको थियो रे † मलाई १० वर्षअघि मेरी स्वर्गीय हजुरआमाले सुनाउनुभएको थियो । आज पिताजीको मुख हेर्ने दिन । बागबजारको एउटा अँध्यारो कोठामा यो लेख लेख्दै गर्दा पिताजीको मुख हेर्न भ्याइसकेको छुइनँ । तर, हजुरआमाले सुनाएको त्यो प्रसंगले मेरो हृदयलाई झनै करुणाद्र्र बनाइरहेछ । र, हतारिइरहेछ मन– कतिखेर भेटौँ पिताजीलाई ।
मैले पनि दुई/चारपटक पौडिने प्रयास त कहाँ नगरेको हँु र ? तर, कहिल्यै सिक्न सकिनँ । स्कुलभन्दा बढी मज्जा स्कुल पुग्ने बाटो लाग्थ्यो । बाटोमा आरू र सुन्तलाले पेट भरिन्थ्यो । आरू र सुन्तला चोरेको आरोपमा कहिलेकाहीँ हाम्रा कान नमज्जाले निमोठिन्थे । महानगरका बजारमा उच्च दाममा बिकिरहेका सुन्तला बच्चाहरूलाई अजीव लाग्छ । उनीहरूलाई थाहासम्म हुँदैन, सुन्तलाको बोट कस्तो हुन्छ ? सहरका नानीहरूलाई यति पनि थाहा हुँदैन, उनीहरूले खाइरहेको चामल कसरी उत्पादन हुन्छ ? सहरको सुन्तलामा मैले सानोमा चोरेर खाएको सुन्तलाको स्वाद कहाँँ पाउनु ?
सहरका बच्चाहरू देख्छु, बिहान सबेरै स्कुल जान तयार हुन्छन् । फेरि एउटा ठूलो पिँजडाजस्तो बस आइपुग्छ अनि बच्चाहरू बस चढेर जान्छन्, चराहरूजस्तै चीँँ चीँँ गर्दै । उनीहरूको बाटोमा खेतका गह्रा छैनन्, सुन्तला छैनन्, खोला छैनन् । धुलो छ, धँुवा छ तर यी चराहरूले ती काफलका रूख, ती हावा, ती कञ्चन पानी देखेका छैनन् । स्कुल जाँदा मात्र गाडीका प्याँँ–प्याँ पीँ–पीँ उनीहरूका साथी हुन्छन् । यी बच्चालाई स्कुल पुग्न उतिनै समय लाग्छ, जति हामीलाई लागेको थियो । कत्तिपटक त्योभन्दा पनि बढी । यो फरक कुरा होइन कि उनीहरूको ज्यादा समय हरियो बत्तिको पर्खाइमा या ट्राफिकमा फसेको गाडीमा बित्छ, जबकि हाम्रो खेतका गह्राहरूमा उफ्रिँदा बित्थ्यो ।
अग्ला बिल्डिङका बच्चाहरू खेलेको, रमाएको देख्छु । आफ्नो बाल्यकालको खेल याद आउँछ: छोइडुम, लुकामारी, डन्डीबियो, धनुषवाण, चोर सिपाही । सहरका बच्चाहरू पनि थुप्रै खेल खेल्छन् तर यिनीहरूको खेल खेलमैदानको कमीमै खुम्चिन्छ । यिनका खेल बदलिन्छन्, जुन खेलका लागि धेरै जग्गा चाहिन्छ, त्यो खेल बिल्डिङमा चाहेर पनि खेल्न सकिँदैन ।
घरमा सुखसुविधाका हरेक चिजहरू उपलब्ध छन् तर बाल्यकालका पुराना वस्तुले मलाई बढी रोमाञ्चित बनाउँछ । चराका रंगीन प्वाँख, नदीका पत्थर, सलाइका बट्टाहरू, हुलाक टिकट, पुराना सिक्का– यी सबै चीजहरू वर्षौंपछि पनि मेरो मनमा उत्तिकै टाँसिएको छ । यो यस्तो अमूल्य खजाना हो, जसलाई मैले थुप्रै साल सजाएर राखेको थिएँ । केही दुर्भल सिक्का अनि हुलाक टिकट अझै पनि मेरो घरको कुनै कुनामा रोइरहेका होलान् । यिनले मलाई मेरो बितेको समयसँग जोडिरहन्छन् । या भनौँ, ती चरासँग, नदीसँग, पहाडसँग, खेतका गह्रासँग । यिनलाई देखेपछि गाउँको त्यो घर नै सहरको यो घरभित्र पस्छ । आज घरमा भएको सुख–सुविधा, बाल्यकालका छोटा छोटा नोस्टाल्जिया सम्झाउन पर्याप्त छन् ।
बाल्यकालमा पढेको पत्रिका र कमिक्सको नाम आजसम्म भुलेको छैन । कति तनाबको पखाइ हुन्थ्यो, डाइमन कमिक्स र शान्तदास मानन्धरको सम्पादनमा निस्कने ‘बालकोसेली’को । यसका लागि एक–एक पैसा बचत गरिन्थ्यो । अनि नपुग्दा कहिलेकाहीँ पत्रिका पसलको एउटा कुनामा बसेरै पढिसकिन्थ्यो । बिल्लु, पिंकी, चाचा चौधरी, लम्बु मोटु, राजन–इकबाल, नागराज मेरा सबैभन्दा प्रिय पात्र थिए । मनमनै सोच्थेँ, जति ठूलो भए पनि कमिक्स पढ्न छाड्दिनँ । आफ्नो बच्चालाई पनि कमिक्स पढ्नबाट वञ्चित गराउँदिन । म जुन उमेरमा कमिक्स पढ्थेँ, त्यस उमेरका महानगरका बच्चा आजकाल थुप्रै सोसियल नेटवर्किङ साइटमा रमाउँछन् । दिनरात च्याटिङ गर्छन् । उनीहरू नयाँ मोबाइल फोन र कम्प्युटर गेमको कुरा गर्छन् । कमिक्सको ठाउँ अब प्ले स्टेसन र एक्सबक्सको गेमले ओगटेको छ । आज पनि जब मलाई बोर लाग्छ, म किताब पढ्न रुचाउँछु तर महानगरका बच्चा बोर भएपछि कम्प्युटरका स्विच अन गरिरहेका भेटिन्छन् ।
हुलाक टिकटले मलाई गाउँको हुलाकघर र हुलाकीको सम्झना गराउँछ । साइकलको घन्टी बजाएर मध्यघामसँग भाग्दै घरअगाडि आउने हुलाकी दाइको लामो झोलामा सबैको नजर ठोक्किन्थ्यो । त्यसभित्रका चिठीहरू ऊ कहिलेकाहीँ पढेर पनि सुनाउँथ्यो । सुख–दु:खको त्यो हुलाकी दाइ र चिठीको त जमाना नै रहेन । अब मलाई थाहा छैन, हाम्रो बिल्डिङमा कुनचाहिँ हुलाकी साइकलको घन्टी बजाउँदै आउँछन् । आए पनि त्यो गेटबाटै सबै छिमेकीको चिठी एउटै घरमा छाडेर भागिजान्छ । बस, सहरमा कुरियर ल्याउने मान्छे, बेला बेलामा ढोकामा आएर फ्याल्टको घन्टी बजाउँछ । तर, हरेकपटक नयाँ–नयाँँ अनुहार अगाडि आउँछन् ।
रेडियोको कुरा नगरी सम्झनाको पेटारो अधुरै हुन्छ । रेडियो नाटक वा कृषि कार्यक्रम सुरु हुनेबित्तिकै घरमा यताउता छरिएका कानहरू एकैठाउँ जम्मा हुन्थे । रेडियो नेपालमा बज्ने गीत फर्माइसका कार्यक्रम औधी हिट थियो । अमिन सयानीको रेशमी आवाजका धेरै दिवाना थिए । अब यति रेडियो च्यानल आए कि कुनचाहिँ स्टेसन लगाउनु त्यो तय गर्नै मुस्किल पर्छ । कुनै स्टेसनमा रोकियो भने लगातार चल्ने बकबकले टाउको बेस्मारी दुखाउँछ । कुनै एउटा एफएम रेडियो एकाध घन्टा सुन्नु असम्भव छ जस्तो लाग्छ । तपाईंलाई कुनै फेबरेट आरजे वा उद्घोषकको नाम सोध्यो भने तपार्इं अलमलिनुहुन्छ । उद्घोषक यति धेरै छन् कि कसैको नामै याद रहँदैन ।
आजकल म टेलिभिजन हेर्न पाउँदिँन । टिभी अन भइरहन्छ, म च्यानल बदलिरहन्छु, यसलाई टिभी हेर्नु होइन, च्यानल सर्फिङ भन्दा हुन्छ । यति धेरै च्यानल छन् कि दर्शकले के गरुन्, पाइला पाइलामा ब्रेक छ, हात अनायास रिमोटतर्फ मोडिइहाल्छ । अघिल्लो दिन के हेरेथँे, केही याद आउँदैन । पहिले एनटिभी मात्र थियो, शनिबार हिन्दी फिल्म आउँथ्यो, त्यो फिल्म हेर्न, हप्तैभरि कुरिन्थ्यो । एउटा अँध्यारो कोठामा थुप्रै मान्छे भेला हुन्थे । शुक्रबारै त्यस फिल्मको चर्चा गरिन्थ्यो, फिल्मको फिभर कति दिनसम्म उत्रँदैनथ्यो । बच्चाहरू हप्ता दिनभरि अमिताभ बच्चन र धर्मेन्द्र बनेर अभिनय गर्थे । शुक्रबार आउने ‘हिजोआजका कुरा’ले आधा घन्टाका लागि थुप्रैको जीवनमा रंग भरिदिन्थ्यो अनि त्यो पुरानो महाभारत, रामायण, चन्द्राकान्ताको उडान । सोच्छु कि, जीवनमा सधैँ धेरै प्राप्तिका लागि मात्र खुसी हुनु, त्यो जरुरी छैन । अहिले भरपूर छ, मन खुसी छैन । पहिले थोरै मात्र मिल्थ्यो, मन बहुत खुसी हुन्थ्यो । ती समय आज कुनै खुइलिसकेको पुरानो चलचित्रको रिलझैँ दिमागमा फनफनी घुमिरहेछन् ।
ताराको चमचम र चन्द्रमाको शीतलतामुनि खुला छतमा सुत्नु अब दिवास्वप्न बन्न सक्छ । महानगरमा ताराले भरिएको आकाश देखिँदैन । प्रदूषण र प्रकाशको चकाचौधमा ताराको चमक फिका देखिन्छ । एकाध जिद्धि धुव्रतारा या कहिलेकाहीँ शुक्र ग्रहको दर्शनचाहिँ पाइन्छ । धुवाँमा हराएको यसको चमक पनि फिका देखिन्छ । मेरो गाउँमा मोतीजडित आकाश यति सफा देखिन्छ कि उताका बच्चाहरू कतिपटक बाआमालाई ताराको घर पुर्‍याउन अनुरोध गर्छन् । अनि आमाचाहिँ सन्तानलाई तारा ल्याइदिने आश्वासन दिन्छिन् । सबै बच्चाको फेबरेट तारा हुन्छ र सबैको एउटै फेबरेट हुन्छन् – सप्तऋषि ।
२० वर्षअगाडि बाबाले पक्की घर बनाउन लाग्नुभएको थियो । आºनो घर बनेको हेर्न अनि बाबाको आँखामा इँटा, बालुवाको तनाब र खुसी एकैसाथ देख्नु अविस्मरणीय थियो । आºनो जमिन, आºनो छत अनि आºनै आँगन थियो । केही वर्षअघि त्यो घर बेचेपछि त्यसका सम्झनाले म धेरै घोरिन थालेको छु । कति खुसी हुनुभएको थियो आमा त्यतिबेला जतिबेला हाम्रो पहिलोपटक पक्की घर बनेको थियो । आमाका सपना जपना त्यही घरको ढिक्का नै त थियो । अहिले आफू बसेको नयाँ घरले उति आकर्षित गर्दैन जति त्यो पुरानो घरले गथ्र्यो । सहरिया जीवन त अब ºयाल्ट नम्बर, प्लट नम्बरमै अल्झिने भयो । कति ºयाल्ट नम्बरपछाडि मात्रै घरको ठेगाना भेटिन्छ । अब मान्छेहरू ºयाल्टमा टाँगिएका छन् र मान्छेहरू सोध्छन् कुनचाहिँ ºलोरमा बस्नुहुन्छ ? छतमा जान पाइन्छ ? घरमा घाम पस्छ के ? घाम त आउँछ तर घरअघि ठडिएको अग्लो पर्खालले छेकिदिन्छ । घामले भेदभाव गर्दैन तर महानगरमा पैसाले तय गर्छ, कसलाई कति घाम मिल्छ ।
एउटा टेबल ºयान र त्यसको अगाडि गुँडुल्केका सबै परिवार । एउटा थोत्रो झुल र झुलभित्र मस्त निदाइरहेको सानो बालक । ठूलो पानीमा भिज्दा आउने मजा । अब यी सब सम्झनामा रहने भए । जगजित सिंहले गाएजस्तै – ये दौलत भी ले लो, ये सोहरत भी ले लो, भले छिन लो मुझसे मेरी जवानी, मगर मझुको लौटा दो बचपनका सावन, वो कागजकी कश्ती, वो बारिसका पानी …।
आजको यो तेज दौडलाई म कम आँक्न चाहन्नँँ । तर, मेरा यादहरूले पिछा छोड्दैनन् । मै पनि ती यादलाई छोड्न चाहन्नँ । ती त मेरा यादका सम्पत्ति हुन् । मेरा धरोहर हुन् । चाहे किस्सा कहानीको रूपमै किन नहोस्, यो धरोहर आउने पिँढीसम्म पुगिरहन्छ । यी सम्झना मरेर गए भने एक लामो प्रयास, एक शृंखला, भविष्य चुँडिन्छ, समाप्त हुन्छ ।
सहरी यान्त्रिक जीवनले मानिसलाई ब्रोइलर बनाउँदै लगेको छ । बालक समाज निर्माणका ब्याड हुन् तर जीवनको स्फूर्तता नबुझेका बालक जो आजको सहर जन्माउँदै छ त्यसले भोलिको समाजिक मनोविज्ञानलाई कठमुल्लावादी बनाइदिन सक्छ । भोलिको नवजातलाई कुनै बटुवाले ‘पैसा कहाँबाट आउँछ बाबू’ भनेर सोध्यो भने उसले भनिदेला–एटिएमबाट । जीवन बुझाइको यही निरर्थकतासँग समाजलाई जोगाउन मेरा पुराना स्मृतिहरूले पनि केही सन्देश दिएझैँ लाग्छ ।

प्रतिक्रिया