एक हप्तादेखि युवक वेपत्ता

जाजरकोट, १ भदौ । खलंगा–चार, बोहोरा जाजरकोटका २२ वर्षीय सुवाष चन्द एकहप्तादेखि बेपत्ता भएको परिवारजनले जनाएका छन् ।
काकाका छोरा (भाई) सविन चन्दसँग नेपालगञ्जबाट घर फर्कदै गर्दा गत साउन–२७ गते भूर–सात, फेराबजारबाट उनी वेपत्ता भएको दाजु राकेश चन्दले बताए ।
‘मेरो काम छ तिमीहरु जाउ भने,’ राकेशले भने, ‘हामी आईहाल्यौँ, त्यसपछि उनी कता गए मलाई थाहा भएन ।’
उनले सुवाष पुन्मामा रहेका आफन्तको घरमा जाने बताएको सविनले जानकारी दिए ।
दाजु राकेशका अनुसार भाई पुन्मामा पनि छैनन् । राकेशले भने, ‘उसँग एक रुपियाँ पनि थिएन, कहाँ गयो थाहा छैन ।’ भाईलाई खोज्न प्रहरीलाई जानकारी गराउने राकेशले बताए ।

प्रतिक्रिया