शिक्षा कार्यालयको गाडी तोडफोड

चितवन, १ भदौं । जिल्ला शिक्षा कार्यालय चितवनको गाडीमा युवा संघ नेपाल र अनेरास्ववियुका समर्थकले तोडफोड गरेर क्षतिपुराई दिएका छन् ।
मोती जयन्ती सम्बन्धी कार्यक्रममा सहभागी भएर फकर्दै गर्दा शिक्षा कार्यालयको गाडीमा युवा÷विद्यार्थीका समर्थकले गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीका सिसा फुटेका छन् ।
रमाईलो चोकमा संघ र अनेरास्ववियुका समर्थकले बा १ झ ६६३२ नम्बरको गाडीमा क्षतिपुगेका हुन् ।
संघ र अनेरास्ववियुका कार्यकर्ताले सरकारी गाडीलाई चल्न रोक लगाएका छन् । उनीहरुले सरकारी गाडी अटेर गरेर चलाए पछि तोडफोड गर्न बाध्य भएको अनेरास्ववियुले जनाएको छ ।
संघ र अनेरास्ववियुले आजका लागि तय चितवन बन्द बन्द फिर्ता लिएपनि सरकारी गाडी र कार्यालय खुल्न नदिने जनाएका छन् । बन्द विहान साढे १० बजे बाट फिर्ता भएको हो । शैक्षिक संस्था पनि बन्द छन् ।

प्रतिक्रिया