नेकपा–माओवादीको महाधिवेशन सर्ने

काठमाडौं, १ भदौं । नयाँ पार्टी गठनसँगै नेकपा–माओवादीले आगामी १ पुसका तय गरेको पार्टीको पहिलो महाधिवेशन सार्ने तयारी गरेको छ ।
बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको पोलिटब्युरो बैठकमा महाधिवेशन मिति सार्ने छलफलको विषय बनेको छ । एक पोलिटब्युरो सदस्यका अनुसार महाधिवेशन सार्ने विषयमा छलफल चले पनि मिति भने तय भइसकेको छैन । दसैँ, तिहार, छठजस्ता महत्त्वपूर्ण चाडपर्वका कारण पार्टीको गतिविधिलाई प्रभावित पार्दा महाधिवेशनलाई समय नपुग्ने अवस्था देखिएको पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले बताए । कँडेलका अनुसार बैठकले पार्टी सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा ११ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।
एमाओवादीबाट विभाजित –माओवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । पार्टी विभाजनपछि एमाओवादीले पनि २१ वर्षमा आगामी १५ माघदेखि महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया