इलाम : पश्चिमी इलामको इभाङमा गोरुले हान्दा एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोरुले हान्दा इभाङ–८ का ३६ वर्षीय यामलाल कट्वाल गम्भीर घाइते भएका हुन् । उनको दाहिने अण्डकोष फुटेर बाहिर निस्केको छ । बुधबार दिउँसो बारी जोत्न गोरु नार्ने क्रममा गोरुले हानेर कट्वालको अण्डकोष फुटेको स्थानीय प्रकाश बुढाथोकीले जानकारी दिए । बिहीबार झापाको आम्दा अस्पतालमा भर्ना गरेर घाइते कट्वालको उपचार भइरहेको छ ।
दुर्घटनामा मलामीको मृत्यु
नवलपरासी : रजहरमा मलामी बोकेको बस पल्टँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ घाइते भएका छन् । कावासोती प्रहरीका अनुसार दुम्कीवासबाट देवघाट जाँदै गरेको लु १ ख ३४०० नम्बरको बस सडकमा अनियन्त्रित भई पल्टँदा बसमा सवार दुम्कीवास–१ का ३० वर्षीय विजय कुँवर, २२ वर्षीय नवराज तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये २२ को भरतपुरस्थित पुरानो मेडिकल कलेज, ९ को भरतपुर अस्पताल र ६ को प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारका भएको छ । (सौस)
प्रतिक्रिया