प्रा.डा.केसीको अवस्था चिन्ताजनक

काठमाडौं, ३२ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाई समस्या परेको छ ।
पदाधिकारीको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा नभई योग्य, इमान्दार र वरिष्ठताका आधार गर्न माग गर्दै प्रा. डा. गोविन्द केसीले चार दिनदेखि सुरु गरेको अनशनप्रति अस्पतालमा कार्यरत चिकित्सकले समर्थन जनाएपछि सेवा बन्द भएका हुन् ।
अस्पतालको डिनको नियुक्ति, ज्येष्ठता, वरिष्ठताका आधारमा पारदर्शी रुपमा हुनुपर्नेलगायतका विषय उठाई डा.केसीले गत असारमा पनि अनशन बसेका छन् ।
उनको अवस्था चिन्ताजनक रहेको छ । उनको अवस्था विग्रिदै गएपछि चिकित्सकहरुले सीसीयुमा राख्न प्रस्ताव गरेका छन् । यद्यपी केसीले माग पुरा नहुँदा सम्म आफू मर्न तयार रहेको उपचार गराउन नसक्ने अडान लिएका छन् ।

प्रतिक्रिया