डाँकाको गोली प्रहारबाट दम्पत्तिको मृत्यु

रौतहट, ३० साउन । रौतहट जिल्लामा डाँकाले फायर गरेको गोली लागेर पती र पत्नीको मृत्यु भएको छ ।
डाँकाको गोली लागेर मृत्यु हुनेमा अकोलुवा–८, गलुवाटोल बस्ने ४६ वर्षीय शेख गफार र उनकी पत्नी ४० वर्षीया रहमान वेगम रहेको प्रहरीले जनाएको छ ।
गएराति साढे एघार बजे शेख मकारको घरमा १५/२० जनाको संख्यामा लुटपाट गर्न डाँका आएको थाहा पाएपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए ।
प्रतिकार भएपछि डाँकाले अन्धाधुन्द गोली चलाउदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
गोली लागेर सोही ठाउँ बस्ने ४५ बर्षीय शेख सोयव र उनकी ५० बर्षीया पत्नी शखिना खातुन समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल रौतहटमा उपचार भईरहेको छ । उपचार पछि खेश सोयव भने घर फिर्ता भएका छन् ।
डाँकाले सोही ठाउँ बस्ने रमेश सहनीको घरबाट ६४ तोला चाँदी, सुनको फुली २ थान तथा राजु महतोको घरबाट २ थान मोवाइल लुटेको प्रहरी भनाई छ ।
खबर प्राप्त हुनासाथ घटनास्थलतर्फ खट्टिएको प्रहरीलाई बकैया नहरमा डाँकाले गोली समेत फायर गरेपछि प्रहरीले प्रतिकारमा फायर गरेको थियो ।
घाँटी रेटेर हत्या बृद्धाको हत्या
यता, रुपन्देहीमा आज घाँटी रेटेर एक बृद्धाको हत्या भएको छ । सिद्धार्थ नगरपालिका–११, दोगरी गाउँस्थित खाली चौरमा स्थानीय ६० वर्षीय रामलाल गुराउको शव फेला परेको छ । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा विहान पौने आठ बजे शव फेला परेको थियो ।

प्रतिक्रिया