काठमाडौं, ३० साउन । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा पुनःस्थापनाको कुनै विकल्प नरहेको बताएका छन् ।
३० औं बिपी स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजित बृक्षारोपण कार्यक्रम पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले दलहरुका वीच सहमति गरेर मात्रै निश्चित अवधिका लागि संविधानसभाको पुनःस्थापना गर्न सकिने उल्लेख गरे ।
‘संविधानसभा पुनःस्थापनका सम्बन्धमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक नगरेता पनि म संविधानसभा पुनःस्थापनाकै पक्षमा छु,’ नेता देउवाले भने, ‘पार्टीको आधिकारिक धारणालाई भने मान्छु ।’
गतिरोध अन्त्यका लागि दलहरुले आ–आफनो अडान छोडेर लचकता देखाउनुपर्ने देउवाको भनाई थियो । उनले कांग्रेस भित्रको बिवादका बारेमा पत्रकारहरुले सोधेका प्रश्नमा भने कुनै जवाफ दिएनन् ।
प्रतिक्रिया