प्राकृतिक सम्पदाको धनी कर्णाली

सिंहदरबारका महलबाट कर्णाली देखिजा एक प्रदेश, सुन फुल्ने कर्णाली भनी संविधान लेखिजा ।
विगत १४ वर्षको अन्तरालमा मैले करिब ६३ जिल्लाको भ्रमण गरँेछु । हिमाली काखमा अवस्थित यो मुलुक यति सुन्दर रहेछ कि कुनै क्षेत्र जैविक विविधताले भरिपूर्ण छ त कुनै पर्यटकीय गन्तव्यका कारणले, कुनै क्षेत्र तामाखानीको धनी त कुनै क्षेत्र कृषियोग्य भूमि र सम्पदाको धनी । त्यस्तै सामाजिक रीतिरिवाज, कला, संस्कृति, भाषाभाषीलगायत विभिन्न दृष्टिकोणले पनि हाम्रो मुलुक धनी नै छ । मुलुकमा उपलब्ध जलसम्पदा तथा प्राकृतिक स्रोतसाधनको समुचित उपयोग गर्न सक्यौँ भने पनि आगामी १५/२० वर्षमा यो मुलुकको मुहार फेरिनेमा कुनै दुविधा छैन ।
मेरो जन्मथलो जुम्ला भएर हो कि प्राकृतिक सम्पदामा धनी भएर हो म कर्णालीप्रति राज्यले दाएको व्यवहार देखेर आफैँलाई प्रश्न गर्न मन लाग्छ । पाँचवटा जिल्लाको जनसंख्या झन्डै चार लाख २० हजार रहेको यसको क्षेत्रफल २१ हजार तीन सय ५१ वर्ग किलोमिटर रहेको छ । नेपालको कुल क्षेत्रफलमा यसले १४.५० प्रतिशत भू–भाग ओगटेको छ । जैविक विविधताको हिसाबले विश्वमा सबैभन्दा महँगो जडिबुटी यही कर्णालीमा पाइन्छ भने सिंगो कर्णालीमा पाँच सय १३ किसिमका जडिबुटी रहेको तथ्यांक छ । दुई सय ६५ किसिमका पशुपंक्षी र वन्यजन्तु यही क्षेत्रमा पाइन्छन् । विश्वमा कहीँ नभएका पर्यटकीय स्थलहरू कर्णालीमा छन् । दिनमा सातचोटि घाम लाग्ने र साँझ पर्नेदेखि लिएर विश्वको उच्च स्थानमा धान फल्ने, एच्चा गुम्बा, रारा, से–फोक्सुन्डो ताल, नेपाली भाषाको उद्गम थलो, चन्दननाथ भैरवनाथ, चंखेली, हरिण मृग आदि यही क्षेत्रमा छन् । विडम्बना यति हँुदाहुँदै पनि यो क्षेत्र आफैँमा आज राजधानी काठमाडौंबाट किन टाढा पारिएको छ ? आज सारा कर्णालीवासी मात्रै होइनन् यस क्षेत्रको विकास तथा प्रगतिमा लागेका सबैले यही प्रश्न सोधिरहेका छन् । नेपालीमा एउटा उखान छ– मृगको नाभीको बास्नाले ऊ आफैँ भौतारिरहेको हुन्छ, उसले आºनो बास्नालाई पहिल्याउन नसक्दा उसका लागि त्यो मूल्यहीन हुन्छ । तर, मान्छेले मृगलाई मारेर त्यसको नाभी लाखौँ रुपियाँमा बिक्री गर्छ । मृगले आफैँलाई चिन्न नसकेजस्तै हामी कर्णालीवासी र हाम्रा जनप्रतिनिधि भनाउँदाहरूले पनि आºनै जन्मभूमिलाई चिन्न सकिरहेका छैनौँ । यसतर्फ हामी सबैको ध्यान जान जरुरी छ ।
कर्णालीको विकासका लागि सरकारले एउटा नगरपालिका बराबरको बजेट छुट्याउँछ । जुन नेपालको कुल बजेटको १.७८ प्रतिशत हुन आउँछ । त्यस्तै बेलाबखत कर्णालीका जनता खाद्यान्न संकटको चपेटामा परेको खबर आउँछ । तर पनि ती गरिब र दु:खी जनताका लागि केही न केही गर्नुपर्छ भन्ने विचार हामी कसैमा आउँदैन । हाम्रा राजनीतिक नेता कार्यकर्ताको यही संस्कृति र कार्यशैलीका कारण आज कर्णालीले यो दुर्दशा व्यहोर्नुपरेको छ । व्यक्तिगत स्वार्थ र सत्तालिप्साको यस मनगढन्ते दर्शनले न यो कर्णालीको विकास सम्भव छ न त कर्णालीवासीको जीवनोस्तरमा प्रगति हुन सक्छ । केवल विचारले मात्र विकास हुन सक्दैन । विचारअनुसार प्रत्यक्ष दु:खी जनताको सेवामार्फत तिनीहरूको जीवनमा परिवर्तन गर्न सक्नुपर्छ । हाम्रै छिमेकी मुलुक भारतको कुरा गर्दा अति पछाडि परेको राज्य विहार एक व्यक्तिको दर्शन, कार्यशैली र दृढ संकल्पले कति छिटो मुहार फेर्न सफल भयो । के हामी पनि त्यसबाट शिक्षा लिन सक्दैनौँ र पक्कै पनि लिन सक्छौँ । अत: यसलाई ज्ञानका रूपमा लिई हामी उठ्यौँ भने विकासका सम्भावनाका लागि पर्खिरहेको कर्णालीको मुहार फेर्न सकिनेमा दुईमत नहोला ।

प्रतिक्रिया