लामो समय पछि सिटिइभिटीको ताल खुल्यो

काठमाडौं, २९ साउन । आन्दोलनरत नौं विद्यार्थी संगठनले माग पुरा भएपछि प्राविधिक शिक्षा तालिम परिषद् (सिटिइभिटी)मा लगाएको ताल खोलेका छन् ।
राजधानीमा आज बसेको नौं विद्यार्थी संगठनको बैठकले झण्डै एक महिनादेखि लगाएको ताला खोलिदिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ताला खोल्नु पूर्व नौं विद्यार्थी संगठनको बैठक अखिल क्रान्तिकारीको कार्यालयमा बसेको थियो ।
सिटिइभिटीले लिएको परीक्षाको प्रश्नपत्र परीक्षा सञ्चालन पूर्व सार्वजनिक भएको विषयलाई लिएर नेविसंघलगायतका नौं विद्यार्थी संगठनले कार्यालयमा तालाबन्दी गरेका थिए ।
विद्यार्थीको तालाबन्दीका कारण सिटिइभिटीको दैनिक कार्यमा अवरोध पुगेको थियो ।
नौं विद्यार्थी संगठनले उच्च माध्यामिक शिक्षा परिषद्मा लगाएको ताला भने यथावत राखेका छन् । परिषद्को ताला माग पुरा नहुँदा सम्म जारी राख्ने प्रवक्ता लामिछानेले बताए ।
तडक भड्क प्रचार सामाग्री बन्द गर्नुपर्ने, विदेशी नामका निजी उच्च मावि र कलेजका नाम परिवर्तन गर्नुपर्ने लगायतका माग नौं विद्यार्थी संगठनको छ ।

प्रतिक्रिया