रोचक यौन तथ्य

यौन प्राय: सबैको चासोको विषय हो । संसारमा यौनबारेमा विभिन्न रोचक घटना पाइन्छन् । यौनबारे गरिएका कतिपय सर्वेक्षणको निष्कर्ष आफैँमा रोचक लाग्छन् । तीमध्ये तीनवटा अध्ययनले यस्तो निष्कर्ष निकालेका थिए :

खाना भोकको औषधि मात्र नभएर सोखको विषय पनि बनेको छ । संसारमा खाना नपाएर रोगी हुनेभन्दा खाना बढी खाएर रोगी हुनेहरूको संख्या उच्च छ । बेलायतमा गरिएको एक सर्वेक्षणअनुसार महिलाहरू सम्भोगका बेला पनि खानाबारेको चिन्तामा डुब्ने गर्छन् । यो सर्वेक्षणअनुसार २५ प्रतिशत महिला हरेक ३० मिनेटमा खाने विषयमा सोच्छन् । १० प्रतिशत महिलाले सेक्सका बेला पनि खाने विषयमा सोच्ने गरेको उक्त सर्वेको निष्कर्ष छ ।

फोनमा गरिने कुराकानीलाई मानिसले आवश्यकताका लागि मात्र नभई मनोरञ्जन र सोखका रूपमा पनि लिन थालेका छन्  । बेलायती टेलिकम कम्पनी माई फोन डिल्सले गरेको सर्वे हेर्ने हो भने बेलायतका २५ प्रतिशत मानिस सम्भोगका बेलासमेत फोनमा कुराकानी गर्छन् ।

अहिले सामाजिक सञ्जाल फेसबुक मानिसमा नसाका रूपमा प्रवेश गरिरहेको छ । एउटा अध्ययनले के देखाएको छ भने हरेक पाँच महिलामध्ये एक जना सेक्सभन्दा फेसबुकमा नै झुम्मिन चाहन्छन् । यो तथ्य कम्पोजिसन म्यागेजिनले गरेको अध्ययनबाट पत्ता लागेको हो ।

प्रतिक्रिया