कांग्रेसद्वारा पराजुलीलाई सचिवमा नियुक्त

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसले दैनिक कार्यालय सञ्चालनका लागि सचिवमा प्रदीप पराजुलीलाई नियुक्त गरेको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गरेर पार्टीको नियमावली अनुसार काठमाडौं कोटेश्वर निवासी पराजुलीलाई सचिवमा नियुक्त गरेको जनाएको छ ।
उनले केन्द्रीय कार्यालयको सचिव पदमा रहेर दैनिक कार्य सञ्चालनसम्बन्धी काम गर्ने छन् ।

प्रतिक्रिया