काठमाडौं, २८ साउन । आन्दोलनरत नौं युवा/विद्यार्थी संगठनले सरकारले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा गरेको कार्यक्रमको विरोध गर्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका छन् ।
सरकारले राष्ट्रिय सभा गृहमा आज आयोजना गरेको कार्यक्रमलाई युवा/विद्यार्थीले वहिष्कार गरेका हुन् । उनीहरुले कार्यक्रममा सहभागी हुन आएका लाई कालो झण्डा देखाएर विरोध जनाएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जनाए ।
उनले कार्यक्रमका प्रमुख अतिथी एवं उपराष्ट्रपति परमानन्द झालाई कालो झण्डा नदेखाईएको लामिछानेले बताए । ‘राष्ट्रपति र उपराष्ट्रपतिलाई कालो झण्डा देखाउने हाम्रो कुनै कार्यक्रम छैन, उनले भने, ‘सरकारका प्रधानमन्त्री र मन्त्रीलाई मात्रै कालो झण्डा देखाउ छौं ।’
कालो झण्डा देखाउने क्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीले राष्ट्रिय सभा गृह भित्र प्रवेश गरेका युवा/विद्यार्थीलाई लखेटेर बाहिर निकालेको थियो । (फाईल तस्विर)
प्रतिक्रिया