निजी उच्च मावि र सिटिइभिटी बन्द

काठमाडौं, २८ साउन । विपक्षी दल सम्बद्ध नौं युवा/विद्यार्थी संगठनहरुले विदेशी नामका निजी उच्च मावि र चर्को शुल्क लिने प्राविधिक शिक्षालयहरु बन्द गराएका छन् ।
उनीहरुले विदेशी नाम गरेका निजी उच्च मावि मात्रै बन्द गराएपनि त्यसको प्रभाव अन्य उच्च माविमा समेत परेको छ । चर्को र अव्यवहारिक शुल्क लिने प्राविधिक शिक्षा तामिलम परिषद (सिटिइभिटी) अन्तर्गतका शिक्षालयहरु पनि बन्द गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जनाएका छन् ।
शिक्षालय र निजी उच्च माविहरु बन्द भएपछि हज्जारौं विद्यार्थी पठन/पाठनबाट वञ्चीत भएका छन् ।
सडक आन्दोलनमा उत्रिएका युवा/विद्यार्थीले विदेशी नामका निजी उच्च माविको नाम परिवर्तन गर्नुपर्ने, भड्किलो प्रचार/प्रसार सामाग्री हटाउनु पर्ने, प्राविधिक शिक्षा तालिम परिषद अन्तर्गतका शिक्षालयमा शुल्क घटाउनु पर्नेलगायतका माग राख्दै आएका छन् ।
नेविसंघले उठाएका मागलाई संयुक्त आन्दोलन गर्दै आएका नौं विद्यार्थी संगठनहरुले पनि समर्थन जनाएका छन् । निजी उच्च मावि र प्राविधिक शिक्षालयहरु बन्द उनीहरुले संयुक्त रुपमा गरेका हुन् ।

प्रतिक्रिया