सहमति पछि यातायात सुचारु

काठमाडौं, २८ साउन । सरकार र यातायात व्यवसायीवीच सहमति भएपछि मुलुकभरिको यातायात सुचारु भएको छ ।
विभिन्न माग राखेर हड्तालमा उत्रिएका यातायात व्यवसायी र मजदुरवीच शनिबार राति सम्पन्न बार्तामा सहमति भएपछि आज विहानैदेखि यातायात सुरुचारु भएको हो । यातायात सुचारु भएपछि सवारी साधन र यात्रु गन्तव्य तर्फ लागेका छन् ।
सरकारले यातायात व्यवसायीका १५ वटा माग पुरा गर्ने प्रतिवद्धता जनाएको छ । ट्राफिक प्रहरीले लिने जरिवानाका सम्बन्धमा कार्यदलको सुझाव अनुसार निर्णय गरिने सहमति भएको छ । त्यसका लागि कार्यदल गठन भएको छ ।
यातायात व्यवसायीले ट्राफिकले लिने जरिवानाको चर्को विरोध गर्दै आएका थिए ।
अलग यातायात मन्त्रालय बनाउने, मजदुरको वीमा, यातायात व्यवसायलाई उद्योगका रुपमा लिनेलगायतका माग पुरा गर्न सरकारले सहमति जनाएको छ ।
शुक्रबार र शनिबार दुई दिन यातायात व्यवसायी र मजदुरले गरेको हड्तालका कारण सर्वसाधारणले सास्ती बेहोर्नु परेको थियो ।

प्रतिक्रिया