मिस दाङ हुने

दाङ : मिस लिटिल प्रतियोगिता सकिनासाथ दाङमा अर्को सौन्दर्य प्रतियोगिता हुने भएको छ– मिस दाङ । मोफसलका प्रतिभावान् र सुन्दर युवतीलाई प्रतिभा प्रस्फुटनको अवसर उपलब्ध गराउन मिस दाङ आयोजना गर्न लागेको आयोजक इफो इन्टरटेनमेन्ट र पेज थ्रीले बताएका छन् ।
एक सातापछिदेखि दाङका विभिन्न प्लस टु र क्याम्पसमा पुगेर मिस दाङको अडिसन गरिने हालै घोराहीमा आयोजित पत्रकार–सम्मेलनमा प्रतियोगिता संयोजक थम्मन भण्डारीले जानकारी गराए ।
भदौ अन्तिम साता हुने प्रतियोगितामा १६ देखि २४ उमेरसमूहका अविवाहित युवतीले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया