लेखनमा चम्कँदै गणेश

काठमाडौं : गणेश चौलागाईंले पछिल्लो गीति एल्बम यो मनको इच्छामा बजारमा ल्याएका छन् । एल्बममा मनको इच्छामा र तिमीविना भन्थेँ बाँच्दिनँ बोलका दुई गीत छन् । यो मनको इच्छामा विमल डाँगी, मुना थापा र विष्ण्ुा थापाको स्वर छ भने तिमीविना खुमन अधिकारी, टीका पुन र गोपाल आलेले गाएका छन् । गणेशको शब्दरचना रहेका गीतको लय भने विमल डाँगीले संकलन गरेका हुन् । दसैँ र तिहार घरखर्च गीतबाट गीतिरचनातर्फ ढल्किएका चौलागाईं गजल, कविताजस्ता विधामा पनि
कलम चलाउँछन् ।
उनी दोहोरी गायनमा पनि दख्खल राख्छन् । भर्खरै मात्र बजारमा बजिरहेको विमल डाँगीको फापरको पिठो बोलको म्युजिक भिडियोमा पनि उनले अभिनय समेत गर्न भ्याइसके । लोकमात्र होइन, आधुनिक एल्बम प्रयासका गीत पनि सबै गणेशले नै लेखेका हुन् । संगीतमा केही गर्ने भोक लागेपछि दैलेखदेखि काठमाडौं आएर संघर्ष गरिरहेका उनका हालसम्म दुई दर्जन गीत रेकर्ड भइसके । गायक विमल डाँगीको प्रेरणाले यस क्षेत्रमा लाग्न सजिलो भएको उनी सुनाउँछन् । (सौस)

प्रतिक्रिया