ललितपुरमा सहकारी वन

काठमाडौ : अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ का अवसरमा जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा लामाटारको ढिकासपाखा सहकारी वन अभियानअन्तर्गत वृक्षारोपण गरिएको छ । राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष केशव बडालले कपुरको विरुवा रोपेर सहकारी वनको उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला सहकारी संघ, विषयगत सहकारी संघका पदाधिकारी, लुभु र लामाटारका १८ प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी उपस्थित थिए ।०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा विश्वभर मनाउने घोषणा गरेअनुरूप संघले ०१२ को सुरुवातबाटै सहकारी जागरणका कार्यक्रम सञ्चालन गरेको थियो । सामाजिक उत्तरदायित्व पूरा गर्न धार्मिक र वातावरण अनुकूल विरुवा संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको संघका अध्यक्ष माधव दुलालले बताए ।

संघका उपाध्यक्ष माधव तिमल्सिानाले सहकारी वर्षलाई सफल पार्न संघले सचेतनामूलक विभिन्न कार्यक्रम गरिरहेको र सहकारी वन निर्माण गरी सहकारी संस्था वातावरण संरक्षणमा सचेत छन् भन्ने सन्देश दिन लागेको बताए । जिविस ललितपुरका पूर्वसभाति माधव पौडेलले वृक्षारोपण कार्यक्रमले लामाटारको प्रकृतिक सैन्र्दय बढाएको धारण राख्दै लामाटारलाई सहकारी केन्द्रका रूपमा विकास गर्न सबैसँग आग्रह गरे । लुभु लामाटार क्षेत्रका सहकारी संस्थाको प्रतिनिधित्व गर्दै सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण भक्त श्रेष्ठ र सामुदायिक वन उपभोक्ता समन्वय समितिका अध्यक्ष कृष्णबहादुर खड्काले कार्यक्रमले यस क्षेत्रको पहिचानमा टेवा पुर्‍याएको बताए । कार्यक्रममा जिल्ला सहकारी संघका पदाधिकारी, लुभु र लामाटार क्षेत्रका सहकारी संस्थाका पदाधिकारी तथा सदस्यलगायत विभिन्न क्षेत्रका सहकारीकर्मीको सहभागिता रहेको थियो । (सौस)

प्रतिक्रिया