दुबै पक्षको अडान पछि वार्ता विफल

काठमडौं, २७ साउन । आन्दोलनरत यातायात व्यवसायी र सरकारवीच आज भएको बार्ता विनाकुनै निष्कर्ष सक्किएको छ ।
सिंहदरबारमा भएको बार्तामा दबै पक्षले आ–आफ्ना अडान कायम राखेपछि सहमति हुन नसकेको हो । बार्ता विनाकुनै निष्कर्ष सक्किएपछि यातायात व्यवसायी र मजदुरहरुले आफ्नो हड्तालको कार्यक्रमलाई यथावत राखेको जनाएका छन् ।
आन्तरिक तयारी पछि सरकार र व्यवसायीवीच पुनः बार्ता हुने भएको छ ।
यातायात व्यवसायी र मजदुरहरुले विगतमा भएका सहमति कार्यान्वनय गर्नुपर्ने, यातायात मन्त्रालय गठन गर्नुपर्ने, ट्राफिक प्रहरीलाई जरिवाना लिन दिईएको अधिकार फिर्ता गर्नुपर्नेलगायत १५ बुँदे माग अघि सारेका छन् ।
माग पुरा गराउन भन्दै व्यवसायीले आजदेखि अनिश्चितकालका लागि हड्तालको घोषणा गरेका हुन् ।
यातायात व्यवसायी र मजदुरहरुको हड्तालका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

प्रतिक्रिया