काठमाडौं, २६ साउन । विपक्षी दल आवद्ध नौं युवा÷विद्यार्थीले मुलुककै केन्द्रीय प्रशासनिक थलो सिंहदरबार दुई घण्टा घेराउ गरेका छन् ।
घेराउ र धर्नाका कारण निर्धारित समयमा प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरु सिंहदरबार प्रवेश गर्न नपाएको युवा/विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।
कामचलाउ सरकारका कामकारबाहीको विरोध र राष्ट्रिय सहमतिका लागि दबाव दिदै युवा/विद्यार्थीले सिंहदरबार घेराउ गरेका हुन् । उनीहरुको दुई घण्टे घेराउ र धर्नालाई ध्यानमा राखेर स्थानीय प्रशासनले सो क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाएको थियो ।
भद्रकाली, पद्मोदयमोड, पुतलीसडक, बबरमहल, हनुमानथान, माईतिघर मण्डलामा नौं युवा/विद्यार्थी समर्थक कार्यकर्ताको सहभागिता रहेको थियो ।
सरकारले आफूहरुका माग पुरा गर्ने तर्फ ध्यान नदिए थप कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेविसंघका अध्यक्ष रञ्जीत कर्णले जानकारी दिए ।
धर्ना तथा घेराउमा नौं विद्यार्थी संगठनका तर्फबाट प्रचार गरिए जस्तो उल्लेख्य कार्यकर्ताको उपस्थिति नहरको सुरक्षा निकायको भनाई छ ।
प्रतिक्रिया