जनकपुर, २५ साउन । त्रिभुवन विश्वविद्यालयले सहप्राध्यापक परमेश्वर कापडीलाई मैथिली केन्द्रीय विभागको प्रमुखमा नियुक्त गरेको छ ।
एक्काइस वर्षदेखि मैथिली विषयको शिक्षण गर्दै आएका कापडी मैथिली विभाग प्रमुखमा चौथो हुन् । यसअघिका प्रमुख डा.पशुपतिनाथ झाले राजीनामा दिएपछि कापडीलाई नियुक्त गरिएको हो ।
त्रिविविको मैथिली केन्द्रीय विभाग रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा रहेको छ ।
प्रतिक्रिया