श्रीकृष्ण जन्माष्टमी मनाईदै

काठमाडौं, २५ साउन । हिन्दूधर्मालम्वीहरुले आज कृष्ण जन्माष्टमी पर्व मुलुकभरी भक्तिश्रद्धाका साथ मनाउँदै छन् ।
राजधानी लगायत मुलुकभरिका कृष्णमन्दिरहरुमा भगवान श्रीकृष्णको पूजा, भजनकीर्तन र आराधना गरेर यो पर्व मनाईन्छ ।
आजका दिन विशेष गरेर महिलाहरु भगवान श्रीकृष्णको व्रत बस्ने समेत गर्छन ।
वासुदेव श्रीकृष्णको जन्म द्वापरयुगको अन्ततिर रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको मध्यरातमा मथुरामा कंसकी बहिनी देवकीको कोखबाट भएको किम्वदन्ती छ । आजको रातलाई मोहरात्रि पनि भनिन्छ ।
ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा आज विाहनैदेखि ठूलो मेला लागेको छ । राष्ट्रपति डा.रामवरण यादवले कुष्ण मन्दिर पुगेर प्रसाद ग्रहण गर्नुका साथै पुजा गरेर फर्केका छन् ।
ललितपुरस्थित कृष्ण मन्दिरको निर्माण तत्कालीन राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत ७ सय ५० मा निर्माण गरेको इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया