बजारमा नेताजीको म्याद

काठमाडौं : रेडियो पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्यसंग्रह ‘नेताजीको म्याद’ सार्वजनिक भएको छ । हालै राजधानीमा रेडियो अडियो र सिस्नुपानी नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा हास्य कलाकारहरूले तिमिल्सिनाको पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा देशको समसामयिक राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यशैलीलाई व्यंग्य गरिएका ३६ वटा लेख समेटिएको छ ।
हास्यव्यंग्य लेखकहरू मनोज गजुरेल, नरनाथ लुईंटेल र लक्ष्मण गाम्नागेले टिप्पणी गर्दै तिमिल्सिनाको पुस्तकले राजनीतिको तीतो यथार्थ झल्काएको बताएका छन् । पत्रकार तिमिल्सिनाको यो दोस्रो कृति हो । यसअघि उनले मिलनको बकपत्र नामक आत्मपरक निबन्ध प्रकाशित गरेका थिए । (सौस)

प्रतिक्रिया