सैलुङ क्षेत्रमा सुरक्षा माग

काठमाडौं, २५ साउन । रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने सैलुङ क्षेत्र असुरक्षित बन्दै गएको भन्दै रामेछापको डडुवाका बासिन्दाले सुरक्षा माग गरेका छन् । उनीहरूले सो क्षेत्रमा एक महिनामा लुटपाटका २५, चोरीका १२ र कुटपिटका तीन घटना भएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको उजुरीमा उल्लेख गरेका छन् ।

उनीहरूले रामेछापको गौंसराका मानबहादुर थोकर, शम्भु थोकर, मिथे थोकर, दावा थोकर, रवि थोकर, लालबहादुर तामाङ, ओली तामाङ, बाबु थोकर र बुध तामाङलगायत व्यक्ति लुटपाट, चोरी तथा कुटपिटमा संलग्न रहेको आरोप लगाएका छन् । उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइदिन माग गरिएको उजुरीकर्ता ढलक लामाले बताए । लामाका अनुसार एक महिनाको अवधिमै पाँच लाखभन्दा बढी नगद लुटपाट भएको तथा २० जना आक्रमणमा परेका छन् ।

प्रतिक्रिया