सरकारका सचिवहरुको जिम्मेवारी हेरफेर

काठमाडौं, २४ साउन । सरकारले केही मन्त्रालयका सचिवहरुको सरुवा र बढुवा गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो ।
सरकारले गृह सचिवमा नवीनकुमार घिमिरलाई सरुवा गरेको छ । घिमिरेले यसअघि पनि गृहमा रहेर काम गरिसकेका थिए ।
सञ्चारमा सूर्य सिलवाल, प्रधानमन्त्री कार्यालयमा धरणीधर खतिवडा र माधव रेग्मी, रक्षामा तिलकराम पौडेल, वनमा कृष्णचन्द्र पौडेल, सामान्य प्रशासनमा दुर्गानिधि शर्मा, निर्वाचनमा ज्ञानदर्शन उदास, कृषिमा गणेशराज जोशी र पर्यटन मन्त्रालयमा यज्ञ गौतमलाई सरकारले सरुवा गरेको छ ।
त्यस्तै, सार्वजनिक खरिद अनुगमनमा धनबहादुर तामाङलाई जिम्मेवरी दिएको छ ।
यसअघि गृह र सञ्चार मन्त्रालय तथा लोकसेवा आयोग र निर्वाचन आयोग सचिव विहीन थिए । यी निकायमा सचिवहरुले मुख्यसचिवमा बढुवा प्रक्रिया नमिलेको भन्दै गत साता राजीनामा दिएका थिए ।
यसैगरी मन्त्रिपरिषदले पाँच बरिष्ठ सचिवहरु हरि दाहाललाई सुदुर पश्चिमाञ्चल क्षेत्रीय प्रशासक, नारायण गोपाल मलेगोलाई पश्चिममा, श्रीरन्जन लाकौललाई मध्यपश्चिम, रणबहादुर श्रेष्ठलाई पूर्वाञ्चल र रमेशराज विष्टलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासकमा कायम मुकायमको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया