मन्त्री शर्मालाई कालो झण्डा

बुटवल, साउन २४ । पाल्पामा शिक्षा मन्त्री दीनानाथ शर्मालाई विरोध स्वरुप कालो झण्डा देखाउने क्रममा विपक्षी दल समर्थक विद्यार्थी संगठनका कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको छ ।

प्रहरीको कुटपिटबाट कालो झण्डा देखाउने आधा दर्जन बढी विद्यार्थी घाईते भएका छन् ।
पाल्पा उद्योग वाणिज्य संघको प्राङ्गणमा भईरहेको महेन्द्रवोधी उच्च माविको स्वर्ण महोत्सवमा सहभागी हुँन पाल्पा पुगेका मन्त्री शर्मालाई नजिकैको एउटा घरको छतबाट विद्यार्थीले कालो झण्डा देखाई विरोध गरे पछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर कुटपिट गरेको थियो ।
प्रहरीको कुटपिटबाट अनेरास्ववियूका जिल्ला सचिव चिरञ्जीवी न्यौपाने, कोषाध्यक्ष सिर्जना बस्याल, सदस्य प्रदीप पोखरेल, नेविसंघका पुण्य सुवेदी, अखिल छैठौका निच्छल क्षेत्री, क्रान्तिकारीका राजकुमार पन्थी सख्त घाईते भएका छन् ।
रेशम कँडेल र तारा बस्याल पनि घाइते भएको विद्यार्थी नेताहरुले बताएका छन् ।
घाईते विद्यार्थीको तानसेनस्थित मिशन अस्पतालमा उपचार भईरहेको छ । घटना पछि विद्यार्थीले तानसेनका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया